arrow

जापानमा ७.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, सुनामीको खतरा

logo
प्रकाशित २०७३ मंसिर ७ मंगलबार
jpn-earthquake.jpeg
फुकुसिमा । जापानमा शक्तिशाली भूकम्प गएको छ । उत्तर पूर्वी जापानको फुकिसिमा शहरबाट ७० किलोमिटर टाढा केन्द्रविन्दू बनाएर ७.४ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको हो ।
 
स्थानीय समय अनुसार बिहान ६ बजे गएको भूकम्पको केन्द्रविन्दू जमीनबाट मात्र ३० किलोमिटर गहिराइमा रहेको भूगर्भविद्हरुले बताएका छन् ।
 
शक्तिशाली भूकम्प गएपछि जापान सरकारले तटिय क्षेत्रमा सुनामीको चेतावनी दिएको छ ।
 
सरकारले सुनामीको प्रभाव पर्ने तटिय क्षेत्र खाली गराएको छ । भूकम्पका कारण क्षति पुग्न सक्ने भन्दै फुकुसिमाको परमाणु संयन्त्रको रिएक्टर कुलिङ सिस्टम बन्द गरिएको छ ।
 
अमेरिकी जिओलोजिकल सर्वेले भने यो भूकम्पको मापन पहिलो पटक ७.३ म्याग्नेच्युडको बताए पनि पछि घटाएर ६.९ जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ