arrow

उद्योगपति बाबा रामदेव र आचार्य वालकृष्णलाई महासंघले स्वागत गर्दै

logo
प्रकाशित २०७३ मंसिर ७ मंगलबार
fncci-building-ramdev.jpeg
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले भारतका उदीयमान उद्योगपति बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्णलाई स्वागत गर्ने भएको छ। मंगलबार अपराह्न ३ बजे आफ्नै सचिवालयमा महासंघका अध्यक्ष पशुपति मुरारका लगायत पदाधिकारीहरुले स्वागत गर्ने कार्यक्रम राखेको महासंघले जनाएको छ। 
 
भारतमा योग गुरूको नामबाट प्रसिद्धी कमाएर व्यापारमा समेत सफलता हाँसिल गरेका रामदेव र आचार्य वालकृष्णले नेपालको स्याङ्जा, काभ्रे लगायतका जिल्लामा समेत  उद्योग खोलेर विभिन्न सामग्री उत्पादन गर्ने तयारी गरिरहेका छन्। 
 
व्यवसायमा सफलता हाँसिल गरेका उनीसँग महासंघको भेटघाटलाई महासंघको सकारात्मक कदमको रूपमा लिईएको छ। नेपाली मूलका आचार्य वालमकृष्ण अर्बपति सूचीमा परेको भनेर केही समय अगाडि विभिन्न भारतीय सञ्चारमाध्यमहरुले समेत समाचार सम्प्रेषण गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ