arrow

नवनियुक्त राष्ट्रसङ्घ महासचिव गुटेर्रेस चीन भ्रमणमा आउने

logo
प्रकाशित २०७३ मंसिर ७ मंगलबार
united-nations-next-secretary-general.jpeg
बेइजिङ (चीन)। संयुक्त राष्ट्रसङ्घका नवनियुक्त महासचिव एन्टोनिओ गुटेर्रेसले नोभेम्बर अन्त्यमा चीन सरकारको निमन्त्रणामा दुईदिने भ्रमणका लागि बेइजिङ आउने भएका छन् । 
 
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले गुटेर्रेसको चीन भ्रमणबारे सञ्चारमाध्यमसँगको नियमित कुराकानीका क्रममा सोमबार जानकारी गराएका हुन् । उनले गुटेर्रेसको चीन भ्रमणलाई बेइजिङले विशेष महत्वका साथ लिएको बताए । 
 
गुटेर्रेस चीनमा रहँदा चिनियाँ उच्च नेतृत्व, विदेशमन्त्री वाङ यी लगायतका अधिकारीसँग भेट गर्नेछन् । यसबारे विशेष तयारी भइरहेको र छिट्टै सम्पूर्ण कार्यक्रम सार्वजनिक हुने गेङले बताए । भेटका क्रममा चीन र गुटेर्रेसबीच समसामयिक अन्तर्राष्ट्रिय अवस्था, संयुक्त राष्ट्रसङ्घका भावी कार्यक्रम, चीन–संयुक्त राष्ट्रसङ्घ सहकार्यलगायतका आम चासोका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरुमा छलफल हुने प्रवक्ता गेङले बताए  । 
 
चीनले गुटेर्रेसको बेइजिङ भ्रमणले राष्ट्रसङ्घ र चीनबीचको पारस्परिक विश्वास र भविष्यका कार्ययोजनालाई योजनाबद्ध गर्ने गेङले जानकारी दिए । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ