arrow

अदालतका न्यायाधीश र पत्रकार आमुन्ने-सामुन्ने

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ मंसिर ७ मंगलबार
court-and-press-news.jpeg

विराटनगर । अदालतले दिँदै आएको न्यायिक सेवालाई स्थानीय स्तरसम्म विस्तार गर्न सहज होस् भन्ने उद्देश्यले विराटनगरमा एक कार्यक्रम भएको छ ।

जिल्ला अदालत मोरङको पहलमा अदालत सम्बन्धि कार्य स्थानीय स्तरसम्म विस्तार गर्न अदालत र संचारकर्मीबीच छलफल भएको हो । छलफलमा संचारकर्मी तथा जिल्ला न्यायाधीश, न्यायाधिवक्ता तथा अदालतका रजिष्ट्रार, श्रेष्तेदारहरु सहभागि भए ।

छलफलका क्रममा जिल्ला अदालतका मुख्य न्यायाधीश विनोदमोहन आचार्यले अदालतको अपहेलना सम्बन्धि समाचार लेखेकै विषयलाइ लिएर  संचारकर्मीलाई कानुनको कठघरामा उभ्याउने सोंच अदालतको कहिले नभएको बताए ।

संचारकर्मीको सामिप्यता नभएसम्म अदालत अधुरो रहेने भएकाले  साना तिना गल्ती र त्रुटीपूर्ण समाचार आउँदैमा अदालतले अपहेलना मुद्दा लगाउँछकी भन्ने त्रास नपाल्न संचारकर्मीलाई आग्रह गरे । नेपाल सरकारले अदालतमा ठूलो रकम लगानी गरेको, सामाजिक सद्भाव विग्रने, न्यायाधीश तथा अदालतको चरित्र हत्यागर्ने खालका समाचार भने सम्प्रेशण नर्गन उनले आग्रह गरे ।

पत्रकारको  व्यावसायिक मर्यादालाई अदालतले  कहिले  अवरोध नगर्ने भन्दै अदालतका न्यायिक क्षेत्रका गम्भीर कुरालाई पत्रकारहरुले समेत समाचारको विषय बनाउन नहुने उनको भनाई छ । जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलले प्रहरीले पक्राउ गरेर अदालत ल्याउँदैमा कसैलाई पनि अपराधी भन्न नमिल्ने भएकाले त्यस्ता विषयमा सत्य तथ्य बुझेरमात्र समाचार सम्प्रेशण गर्न आग्रह गरे ।

कार्यक्रममा अदालतका श्रेस्तेदार नवराज दुलाल, अदालतका न्यायाधीश अम्विकाप्रसाद निरौला, प्रकाश रावल, पत्रकार मोहन मानन्धर, अर्जुन आर्चाय, सुनील पोखरेल, सुमन सुस्केरा लगायतले अदालत सम्बन्धि समाचार सम्प्रेशणका विषयमा बोलेका थिए । कार्यक्रममा संचारकर्मी र अदालतका विषयमा पत्रकार यज्ञ शर्माले कार्यपत्र प्रस्तुत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ