arrow

संविधान संशोधनविरुद्ध तातिए एमाले भ्रातृ संगठन

logo
प्रकाशित २०७३ मंसिर ७ मंगलबार
akhil-and-yubasang-press-met.jpeg

काठमाडौँ । युवा सङ्घ नेपाल र अनेरास्ववियुले नेपाली जनताको इच्छा र भावना विपरीत संविधान संशोधन नगर्न आग्रह गरेका छन् । दुई सङ्गठनले मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै विदेशीको इशारामा संविधान संशोधनभन्दा कार्यान्वयनमा जोड दिन आग्रह गरे ।

सङ्घका अध्यक्ष राजीव पहारीले संविधान कार्यान्वयन प्रमुख प्राथमिकता भएकाले संशोधनतर्फ नअल्झन आग्रह गर्दै नेपालीको हितमा नभई विदेशीलाई रिझाउन संशोधनको प्रयास गर्न थालिएको आरोप लगाए ।

ृउनले भने, ‘हिन्दीलाई राष्ट्रिय भाषा र अङ्गीकृत नागरिकलाई उच्च पदमा पु¥याउनका लागि संशोधनको प्रयास गरिँदैछ । संशोधन राष्ट्र हित विपरीत हुँदैछ । त्यो हामीलाई मान्य हुँदैन ।’

अनेरास्ववियु अध्यक्ष नवीना लामाले संशोधन केका लागि गर्न थालिएको भन्ने कुरा अन्योल छ भनिन् । कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले संशोधन षडयन्त्रपूर्वक गर्न थालिएको आरोप लगाए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ