arrow

लालटिनमा प्रहरीको गोप्य अपरेसन

logo
प्रकाशित २०७२ मंसिर २९ मंगलबार
dayahang-rai.jpg.jpeg
काठमाडौं । केही समय यता नेपाली फिल्म क्षेत्रमा सस्पेन्स थ्रिलर र एक्सनलाई प्राथमिकता दिएर फिल्म निर्माण हुने क्रम बढेको छ । यही क्रमलाई पछ्याउँदै आधा दर्जन फिल्ममा खलपात्रको भूमिकामा अभिनय गरेर चर्चा कमाएका अभिनेता भानुप्रतापले पनि त्यस्तै फ्लेबरको फिल्म ‘लालटिन’ बनाउने भएका छन् । फिल्मले राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै सोमबारबाटै छायांकन शुरु भएको घोषणा गरेको छ ।

देवकुमार श्रेष्ठले निर्देशन गर्न लागेको फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, राज कटुवाल, रिया श्रेष्ठ, भानुप्रताप, अर्जुन गुरुङ, जनक बर्तौलालगायतको अभिनय रहनेछ ।

अभिनेता दयाहाङले आफुलाई जाडो महिनामा फिल्म खेल्न गाह«ो हुने भए पनि यसपटक फिल्मको कथाले गर्दा पनि आफुले त्यो नियम तोडेको खुलाए । फिल्मकी प्रमुख नायिकाद्वय प्रियंका र केकी उपस्थित नभएको कार्यक्रममा फिल्मका प्रस्तुतकर्ता समेत रहेका भानुप्रतापले फिल्मले प्रहरी फोर्सको गोप्य अपरेसनको कथालाई प्रस्तुत गर्ने बताए ।
हरी लामाको छायांकन रहने फिल्ममा कविराज गहतराजको नृत्य  निर्देशन, रोशन श्रेष्ठको एकसन, किरण माइकल र भानु प्रतापको कथा रहनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ