arrow

एमाले र माओवादीका केन्द्रीय नेता काँग्रेसमा प्रवेश (नामावली सहित)

logo
प्रकाशित २०७३ मंसिर ७ मंगलबार
congress-office.jpg.gif
काठमाडौ । विभिन्न राजनीतिक दलका केन्द्रीय तहका नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । म‌ंगलबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमकाबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनीहरुलाई पार्टीको साधारण सदस्यता प्रदान गरेको नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 
 
कांग्रेसमा प्रवेश गर्नेहरुमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यद्वय— जगदीश पाल (देथला गा.वि.स. —१ दार्चुला) र परमानन्द भट्ट (लाली गा.वि.स.—५, दार्चुला) रहेका छन् । त्यस्तै नेकपा (एमाले) को भ्रातृ संस्था युवा संघ डोटीका अध्यक्ष निलम साउँद पनि काँग्रेसमा प्रवेश गरेका हुन् । कार्यक्रममा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायत केन्द्रीय सदस्यहरु एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ