arrow

नयाँ शक्तिका नेता भट्टराईलाई अख्तियारले डाम्यो, ‘एक करोड बढी भ्रष्टाचार’

logo
प्रकाशित २०७३ मंसिर ७ मंगलबार
CIAA-news-naya-sakti.jpeg

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक ऋषवदेव भट्टराईले एक करोड ९१ लाख ३६ हजार ८८१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । भट्टराई डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्यसमेत हुन् ।

आयोगका प्रवक्ता गणेशराज कार्कीका अनुसार भट्टराईको चल अचल सम्पत्तिको छानबिन गर्दा वैध आयको तुलनामा अवैध आय बढी देखिन आएकाले मुद्दा दायर गरिएको हो ।

आयोगले आफ्नो अनुसन्धानमा भट्टराईको वैध स्रोतबाट आर्जन गरेको सम्पत्तिभन्दा अवैध रुपमा आर्जन गरेको सम्पत्ति बढी देखिएको र त्यसको स्रोतसमेत स्पष्ट नभएकाले बिगोबमोजिम जरिवानासमेत असुल उपर गरी पाउँ भनी माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ । यसअघि अख्तियरले सशस्त्र प्रहरी महानिरीक्षक रहेका कोषराज वन्तलाई १० करोड विगो तिराएको थियो भने । त्योसँगै उनको जागिर पनि गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ