arrow

बाहुबली–२ का दुई सिन रिलिज अगाडि नै लिक, ग्राफिक डिजाइनर पक्राउ

logo
प्रकाशित २०७३ मंसिर ८ बुधबार
bahubali-2.jpeg
नयाँदिल्ली । बहुप्रतिक्षित बाहुबली–२ का दुई दृष्य चलचित्र रिलिज हुनुभन्दा अगाडि नै सार्वजनिक भएका छन् ।  नौ मिनेटको भिडियो फुटेज चलचित्र रिलिज हुनुअघि नै लिक भएको हो । चलचित्र फुटेज चोरेको आरोपमा एक ग्राफिक डिजाइनरलाई प्रहरीले पक्राउ गरेको छ । 
 
चलचित्र सुटिङकै बेलामा डिजाइनरले फुटेज चोरेको बताइन्छ । आन्ध्रप्रदेशको विजयवाडाका एक डिजाइनर गिरफ्तारमा परेको जनाइएको छ । हैदराबाद जुबली हिल्स पुलिस स्टेशनमा बाहुबली–२ का निर्देशक एसएस राजमौलीका तर्फबाट निवेदन दिइएको थियो । 
 
सो चोरी भएर इन्टरनेटमा राखिएको फुटेज बाहुबली–२ को क्लाइमेक्स भएको बताइएको छ । बाहुबलीः द बिगिनिङको पहिलो पार्ट बाहुबलीले गत वर्ष शानदार आम्दानी गरेको थियो ।  निकै सनसनीपूर्ण अवस्थामा चलचित्रको पहिलो भाग टुंगाएकाले दोस्रो भागको प्रतिक्षा गरिएको छ । 
 
विशेषगरी ‘कडप्पा ने बाहुबलीको क्यूँ मारा ?’ यो डाइलग बाहुबली हेर्ने सबैका मनमा उठ्ने प्रश्न हो । बाहुबली–२ आगामी अप्रिलमा रिलिज हुँदैछ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ