arrow

औषधी नहुँदा सेवाग्राही मर्कोमा

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ मंसिर ८ बुधबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर । पाँचथर जिल्लाको दक्षिणी गाविस सराङडाँडा ५ मा अवस्थित उपस्वास्थ्य चौकीमा सरकारले निशुल्क रुपमा उपलब्ध गराउने औषधी नहुँदा सेवाग्राही मर्कोमा परेका छन् । सरकारले उपलब्ध गराउने ३५ प्रकारका औषधीहरु मध्ये अहिले ६ प्रकारका औषधी मात्रै त्यस स्वास्थ्य चौकीमा रहेको कार्यालय प्रमुख बाग बहादुर रोकायले वताए । 
 
जिल्ला स्वास्थ्य कार्यालय पाँचथर लाई पटक पटक औषधी माग गर्दा समेत नपठाई दिएको उनले वताए । स्वास्थ्य ब्यवस्थापन समितीका अध्यक्ष नरेन्द्र वस्नेतले जिल्लाका अन्य स्वास्थ्य संस्थामा दिने गरेको र तर यस स्वास्थ्य चौकीलाई भने विभेद गरेको वताए । उनले यथाशक्य चाँडो भन्दा चाँडो सरकारले निशुल्क रुपमा उपलब्ध गराउने औषधीहरु पठाईदिन जिल्ला स्वास्थ्य कार्यालय पाँचथरलाई आग्रह समेत गरे।
 
यस स्वास्थ्य चौकीमा औषधीको अभाव भएपछि अहिले त्यस ठाउँका स्थानिय ५ घण्टाको पैदल दूरीमा रहेको प्राथामिक स्वास्थ्य केन्द्र रवि धाउन वाध्य छन् । सेवाग्राही सराङडाँडा ५ का कृष्ण भण्डारीले भन्नुभयो,“यस स्वास्थ्य चौकीमा सामान्य रुखा,खोकी,ज्वरो आउँदा समेत निशुल्क रुपमा पाइने औषधी छैन् सोध्दा जिल्ला बाटै आएको छैन् भन्छन् अनि वाध्य भएर रवि पुग्नुपर्ने हुन्छ ।” 
 
यता जिल्ला स्वास्थ्य कार्यालयका स्टोर किपर अर्जुन दाहालले जिल्ला स्वास्थ्य कार्यालयमा पनि औषधी पर्याप्त मात्रामा नभएको र भएको औषधी वितरण गर्दे गरेको दावी गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ