arrow

माइक्रोबाट खसेर घाइते भएका चित्रबहादुरलाई भेट्न अस्पताल पुगे निधि

प्रहरी प्रमुख अर्याल पनि निधिकाे साथमा पुगे केएमसी

logo
प्रकाशित २०७३ मंसिर ८ बुधबार
chitra-bahadur.jpeg

काठमाडौं । माइक्रो बसबाट खसेर घाइते भएका राष्टिय जनमोर्चा अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीलाई भेट्न उपप्रधानमन्त्री विमलेन्द्र निधि अस्पताल पुगेका छन् ।

सिनामंगलस्थित केएमसी अस्पताल भर्ना भएका केसीलाई भेटेर उपप्रधानमन्त्री निधिले स्वास्थ्यवस्थाबारे जानकारी लिए ।

७६ वर्ष पुगिसकेका नेता केसीको टाउकोको पछाडि चोट लागेको छ । भेटमा गृहमन्त्री निधिले उपचारमा कुनै कमी हुन नदिन अस्पतालका चिकित्सकहरुलाई भनेका छन् । चिकित्सकहरुले एक दुई दिनमै नेता केसीलाई डिस्चार्ज गरिने बताएका छन् ।

उपप्रधानमन्त्री निधिसँगै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल पनि केसीलाई भेट्न पुगे । बिहान पार्टीको बैठकमा जान माइक्रो चढेर चावहिलतर्फ जाँदै गर्दा केसी शौशाला ओरालोमा खसेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ