arrow

ट्रम्पले दुई महत्वपूर्ण पदमा महिलालाई नियुक्त गरे

logo
प्रकाशित २०७३ मंसिर ९ बिहिबार
न्यूयोर्क । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो भावी प्रशासनका दुई महत्वपूर्ण पदमा दुई महिलाहरुलाई नियुक्त गर्ने निर्णय गरेका छन् ।
 
उनले साउथ क्यारोलाईनाकी गभर्नर निक्की हेलीलाई राष्ट्रसंघका लागि अमेरिकी राजदूत तथा बेट्सी डिभोसलाई शिक्षामन्त्रीका रुपमा मनोनित गरेका छन् ।
 
भारतीय आप्रवासी परिवारकी हेलीले अमेरिकामा मुसलमानहरुलाई प्रवेश गर्न प्रतिबन्ध लगाउने ट्रम्पको प्रस्तावको चर्को आलोचना गरेकी थिइन् ।
 
निम्रता निक्की रान्धवा नाम सहित भारतीय शिख परिवारमा जन्मिएकी उनले अहिले आफूलाई इसाईका रुपमा चिनाउने गरेकी छिन् ।
 
त्यस्तै डिभोसले सम्मानीत महसुस गरेको बताएकी छिन् । मिशिगनकी अर्बपति उनले रिपब्लिकन पार्टीलाई आर्थिक सहयोग उपलब्ध गराएकी थिइन् ।
 
दुवै मनोनयनलाई रिपब्लिकन पार्टी नियन्त्रणमा रहेको अमेरिकी सिनेटले अनुमोदन गर्नुपर्नेछ।
 
निर्वाचनका ताका महिला यौन प्रकरणमा चर्को तरिकाले मुछिएका ट्रम्पले फेरि महिलालाई नै विशेष प्राथमिकताका साथ चुन्नुलाई अर्थपूर्ण रुपले हेरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ