arrow

जीबीलाई पक्राउ नगरेका रवि उल्टै भन्छन् – जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
ravi-lamichhane-80-12-06.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको बताएका हुन् ।

साथै लामिछानेले के जीबी राईका सारा बदमासीको ठेक्का मैले  लिनु पर्ने हो ? भन्दै प्रश्न समेत गरेका छन् । उनले आफ्नो पोष्टमा अनुसन्धानले सुप्रिम सहकारीमा ठगी गरेको कुनै प्रमाण अनुसन्धानबाट पुष्टि नभएकोसमेत दाबी गरेका छन् ।

तर उनी मातहतमै रहेको प्रहरी अनुसन्धानले भने उनलाई दोषी देखाएको छ । 

के भएको थियो सोमबार ? 
सोमबार सुप्रिम सहकारीका शेयर होल्डर रवि लामिछानेले दुई करोड ऋण लिएको देखिए पनि उनलाई प्रतिवादी नबनाइ अभियोजन पेश गरिएको थियो ।

गोर्खा मिडिया नेटवर्कको नाममा ग्लोबल आईएमई बैंकको खाता नम्बर ००१–००१–०१५–००००२२४ मार्फत् रवि लामिछानेको नाममा जम्मा हुँदा सेवा शुल्क कट्टी गरेर एक करोड ९६ लाख रकम जम्मा भएको देखिए पनि उनलाई प्रतिवादी नबनाई अदालतमा अभियोजन पेश गरिएको हो । 

सोमबार जिल्ला अदालत रुपन्देहीमा बुझाइएको अभियोजन  छ । सो रकम २०७७ साल चैत १८ गते जम्मा भएको अभिलेख सरकारी वकिल कार्यालयले अदालत पेश गरेको अभियोजनमा उल्लेख गरिएको छ तर लामिछाने भने उम्किएका छन् । 

बुटवलस्थित सुप्रिम सहकारीबाट करिब पौने दुई अर्ब ठगी भएको ठहर गर्दै मुद्दा दायर भएको छ । २८ जनालाई मुख्य अभियुक्त बनाइएको मुद्दामा एक हजार २ जनालाई थप प्रतिवादी बनाइएको छ । 

रवि लामिछानेले गोरखा मिडिया नेटवर्कको सेयरका लागि एक करोड ८० लाख र ऋणबापत दुई करोड लिएको तथ्य देखाइए पनि उनलाई प्रतिवादी नबनाउनको पछाडि शक्ति केन्द्रको दबाब रहेको स्रोतको दाबी छ । 

प्रतिवादीहरू गितेन्द्रबाबु (जीबी) राई, ओमप्रकाश गुरुङ, सागर केसी, भुपेन्द्र राई, देवेन्द्र राई र कुमार रम्तेलबाट एक करोड ५७ लाख ९६ हजार रुपैयाँ असुल गर्न माग दाबी गरिएको छ ।

यस्तै सहकारीमा संलग्न रहेका प्रतिवादीहरू दिनेश रोकाबाट तीन करोड ८० लाख, भविश्वर अर्यालबाट एकलाख ४० हजार, दुर्गा चापागाईं पाण्डेबाट १८ लाख, दिपक न्यौपानेबाट पाँच लाख ४५ हजार, हेमन्त अधिकारीबाट १३ लाख ५० हजार, कविता तामाङबाट एक लाख ५० हजार, नवीन अछामीबाट १० लाख, दिपेशकुमार पुनबाट तीन लाख, सुरज श्रेष्ठबाट दुई लाख ११ हजार माग दाबी गरिएको छ । 

यसैगरी राज बरालबाट एक लाख ६६ हजार ९६३ रुपैयाँ, मझर मोहम्मदबाट ३४ हजार, असरफ अली सिद्धिकीबाट ३४ हजार, आशीष आनन्दबाट एक लाख ९५ हजार, बुद्धि गुरुङबाट १८ हजार ७००, भिरजकुमार दासबाट ६ लाख ३६ हजार रुपैयाँ गरी जम्मा चार करोड ६० लाख २७ हजार रुपैयाँ असुल गर्न माग दाबी गरिएको छ । 

यस्तै अन्य एक हजार २ जनालाई पक्राउ गरी ६ करोड एक लाख २३ हजार ७५४ असुल गर्न अभियोजनमार्फत माग दाबी गरिएको छ । समग्रमा एक अर्ब ७२ करोड ४३ लाख ४७ हजार ५०७ रुपैयाँ असुल गर्न माग दाबी गरिएको छ ।

तर त्यही सहकारीबाट रकम लिएर अपचलन गर्ने लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई भने उन्मुक्ति दिइएको छ । 

जीबी राईको ठेक्का लिने हो भन्ने रवि लामिछानेले अहिलेसम्म जीबी राईलाई पक्राउ गर्नसमेत सकेका छैनन् । पक्राउका लागि कुनै संयन्त्रसमेत प्रयोग नगर्दा जानीजानी पक्राउका लागि पहल नभएको हो वा जोगाउन खोजिएको हो भन्ने आम चासो रहेको छ । 

रविले सामाजिक सञ्जालमा मंगलबार साँझ भनेका छन् – 
के अभियोगपत्रमा मैले गैरकानूनी ऋण लिएको भन्ने पुष्टि भएको छ र ? अभियोगपत्रमा गोरखा मिडिया नेटवर्क प्रालीमा तत्कालीन समयमा शेयरधनी रहेको बाहेक रवि लामिछाने भन्ने व्यक्तिले सुप्रिम सहकारी ठगी गरेको भन्ने कुनै प्रमाण कागजातहरूबाट पुष्टी भएको कतै  केही छ ? म जीबी राईले ल्याएको लगानीको आम्दानीको श्रोत हेर्ने अधिकारी थिए कि, ऋण माग कर्ता थिए कि, ऋण दिने सहकारीको आधिकारिक ब्यक्ति थिए ? कि म दुई चार करोड ठग ठाग गरेर जीवन धान्न पर्ने हैसियतहीन मान्छे हुँ ? म सहकारी ठगी कार्यमा कहि कतैवाट नजोडिएको र नदेखिएको प्रमाण सहितको तथ्य पुष्टि हुँदाहुदै प्रहरीको अनुसन्धान र अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न सबैलाई अनुरोध गर्दछु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ