arrow

कथाले मागेपछि यसो गरिन् सुष्माले

logo
प्रकाशित २०७२ मंसिर २९ मंगलबार
susma-karki.JPG.jpeg
काठमाडौं। मंसीर सुरु हुनासाथा जाडोले सबैलाई छोपिसकेको छ। बिहान र बेलुकाको कठ्याङ्ग्रिदो चिसो, अनि दिउँसोको पारिलो घाममा पनि बाक्लै लुगा लगाउने चलन बढ्दै गएको छ। तर केही दिन अघि यो चिसो मौसमलाई पनि चिर्दै अभिनेत्री सुष्मा कार्की बेफिक्री पानीमा भिजेर रमाउँदै गरेको अवस्थामा भेटिईन्।

उनलाई नियाल्ने मान्छे बाक्ला लुगामा देखिए पनि सुष्मा आफै भने पातलो लुँगामा पानीमा भिजिरहेकी थिईन्। उनलाई नजिकबाट समाउन खोजिरहेका युवा केवल भुजेललाई सुष्माले पानी छ्याप्दै थिईन्। भक्तपुरस्थित पेप्सिकोलाको एक खोलामा देखिएको यो दृश्यमा सुष्मा भिज्नु अनिवार्य नभई बाध्यता थियो।
 
सञ्चारकर्मबाट गायकका रुपमा डेब्यू गरेका सुरज पौडेलको एक गीतको भिडियोको सुटिङ हुँदा सुष्मालाई पानीमा रमाउँदै गरेको अवस्थामा भेटिएको हो। सुरजको ‘गोलीले लागेझै नजरले हानिदेउ’ बोलको गीतको छायांकनमा अभिनय गरिरहँदा सुष्माले आफुलाई पानीले जाडो बनाए पनि कथाले मागेपछि काम गरेको बताईन्। सुष्मा अभिनित फिल्म ‘चलेछ बतास सुस्तरी’ प्रेम दिवसको दिन पारेर प्रर्दशन हुदैँछ। सुष्मा फिल्म ‘लुट’को ‘उध्रेको चोली’ आइटम गीतमा नृत्य गरेपछि एकाएक चर्चामा आएकी थिईन्।
 
भिडियो निर्देशन शंकर अधिकारी ‘घायल’ले गरेका हुन्। यो गीत गायक पौडेलको ‘.मनको खुशी’ एल्बममा समावेश हुनेछ। एक महिनाभित्र भिडियो रिलिज गरिसक्ने उनले जानकारी दिए। गीतमा अर्जुन कार्कीको शब्द, टंक बुढाथोकीको एरेन्ज रहेको छ। संगीत गायक स्वयम्को छ। रामेश्वर हुमागाँईले खिचेको यो गीतको कोरियोग्राफी प्रदिप ज्ञवालीले गरेका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ