arrow

चित्रबहादुरको स्वास्थ्य अवस्था सुधारोन्मुख

logo
प्रकाशित २०७३ मंसिर ९ बिहिबार
chitra-bahadur.jpeg

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख बन्दै गएको छ । बुधबार माइक्रोबस चढेर गौशालाबाट चावहिलतर्फ जाँदै गरेको अवस्थामा गौशालामा दुर्घटनामा पर्नुभएका उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँका स्वकीय सचिव दुर्गा शर्माले जानकारी दिए ।

उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना हुुनुभएका अध्यक्ष केसीको ढाड दुखेकाले चिकित्सकले फिजियोथेरापीका लागि सुझाव दिएका छन् भने अन्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका ७६ वर्षीय नेता केसीको टाउको र ढाडमा चोट लागेको थियो । डा. अमित थापको समूह उहाँको उपचारमा संलग्न छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ