arrow

रुपन्देही–११ सुरुङ्गा गोल्डकपमा फाइनलमा

logo
प्रकाशित २०७३ मंसिर ९ बिहिबार
FOOT-Ball-news.jpeg

सुरुङ्गा । झापाको सुरुङ्गामा जारी साहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत विहिबार भएको खेलमा रुपन्देही–११ विजयी बन्दै फाइनलमा पुगेको छ ।

रुपन्देही–११ ले मनाङ मस्र्याङ्दी क्लबलाई हराएसँगै फाइनल यात्रा तय गरेको हो । उपाधिका लागि रुपन्देही ११ ले अब शनिबार सशस्त्र प्रहरीको एपीएफसँग प्रतिस्पर्धा गर्ने छ ।

विहिबार भएको सेमिफाइनल खेलको निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरमार्फत लिइएको थियो । जसअन्तर्गत रुपन्देहीले मनाङलाई टाइब्रेकरमा ४–३ को गोलअन्तरले पछि पारेको हो । मनाङका सुजल श्रेष्ठ र निराजन मल्लले गोल गर्न सकेनन् । रुपन्देहीका विजय धिमालको प्रहार पोष्टबाट बाहिरिएको थियो ।

रुपन्देहीका विक्रम लामा, रजिन धिमाल, विमल घर्ती मगर र दिलीप क्षेत्रीको प्रहार गोलमा परिणत भएको थियो भने मनाङका अनिल गुरुङ, हेमन गुरुङ र किरन चेम्जुङले गोल गरे । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने रुपन्देहीका विक्रम लामा म्यान अफ द म्याच घोषित भए । विक्रमले १५ हजार बराबरको एन्ड्रोइड फोन पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ