arrow

१७ वर्षे दुलहालाई ७१ वर्षकी दुलही, यो कसरी भयो ?

logo
प्रकाशित २०७३ मंसिर १० शुक्रबार
17-71-hamra.jpeg
लण्डन । नेपालमा सामान्यतया १७ वर्षे युवकले विवाह गरे बालविवाहमा गनिने थियो । विवाह गराइदिनेलाई कार्वाहीमात्र हुने थिएन जवरजस्ती विवाहको मुद्धा लाग्न बेर थिएन । 
 
तर बेलायतको कुरो प¥यो यो । हालैमात्र विश्वलाई नै चकित पार्ने जोडी फेला परेको छ । त्यो पनि सामान्यतया पुरुषभन्दा महिलाको उमेर कम हुने गरेकामा यसपटक भने श्रीमतीभन्दा श्रीमान् ५४ वर्ष कान्छो । अझ त्यो पनि श्रीमान्को उमेर मात्र १७ वर्ष । 
 
गेरी (१७) र अल्मेडा (५४) ले विवाह गरेर विश्वलाई चकित बनाइदिएका हुन् ।
 
 
यो विवाह कसरी सम्भव भयो त ? यसको पनि एउटा संयोग छ । अल्मेडा नामकी ७१ वर्षे महिलाको छोरोको निधनमा श्रद्धाञ्जली दिन थुप्रै मानिस चर्चमा भेला भएका थिए । तीमध्ये गेरी पनि सामेल थिए । 
 
 
त्यसपछिका भेटमा गेरीले अल्मेडालाई निकै हिम्मत बढाए । बिस्तारै घुलमिल हुँदै जाँदा तिनीहरुबीच प्रेम बढ्यो । 
 
करिब तीन हप्तासम्म तिनीहरुबीच रोमान्स चल्यो । अनि बल्ल उनीहरुले हालै विवाह नै गरे । 
 
तीन हप्ता पहिलेमात्र अल्मेडाका डायबिटिजका बिरामी २० वर्षे छोराको मृत्यु भएको थियो । 
 
तीन वर्षअघि अल्मेडाका पतिको पनि रोगका कारण मृत्यु भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ