arrow

दक्षिण कोरियाली हरेक दश व्यक्तिमा आठजना राष्ट्रपति पार्क विरुद्धः सर्वेक्षण

logo
प्रकाशित २०७३ मंसिर १० शुक्रबार
Park_Presudent_S_Korea.jpeg
सोल (दक्षिण कोरिया)। दक्षिण कोरियामा राष्ट्रपति पार्क ग्यून हे भ्रष्टाचार काण्डमा मुछिएपछि उहाँ राजनीनामा माग गर्दै सडकमा प्रदर्शनहरु भइरहेका छन् भने उहाँमाथि महाभियोग प्रस्तावको चर्चा पनि छलफलमा आएको छ । 
 
हालै दक्षिण कोरियामा गरिएको सर्वेक्षणमा पार्क विरुद्ध महाभियोग लगाउनुपर्ने वा पार्कमाथि महाभियोगको विषय अनावस्यक भन्ने मुद्दामा लिइएको सर्वेक्षणमा हरेक १० जना कोरियालीमध्ये आठ जना महाभियोगको पक्षमा रहेको देखिएको छ । 
 
पछिल्ला केही हप्तामा राष्ट्रपति पार्क विरुद्ध विशाल जुलुस निकाली उहाँले छिट्टै राजिनामा गर्न दवाव दिइरहेका समयमा यसै हप्ता गरिएको सर्वेक्षणले पार्कलाई महाभियोग लगाइनुपर्ने पक्षमा करिव ७९.५ प्रतिशत कोरियाली नागरिकको मत अभिव्यक्त भएको स्थानीय सर्वेक्षण निकाय रियलमिटरले बिहीबार जनाएको छ । 
 
त्यसैगरी ६०.३ प्रतिशत मानिस महाभियोगको पक्षमा कडारुपमा उभिएको बताइएको छ । यद्यपि दक्षिण कोरियाली राष्ट्रपति पार्कलाई महाभियोग लगाउन नहुने र यसबाट देशमा अस्थिरता निम्तिने खतरा भएको भनी करिव १४.६ प्रतिशत सहभागीले आफ्नो मत व्यक्त गरेको रियलमिटरले जनाएको छ । 
 
गत हप्ता लिइएको सर्वेक्षणले पार्कमाथि महाभियोग लगाउने पक्षमा ७३.७ प्रतिशत नागरिक देखिएका थिए । गत हप्ता राष्ट्रपतिले स्वविवेकमा राजिनामा दिनुपर्ने वा उहाँलाई महाभियोगद्वारा हटाउने भनी गरिएको सर्वेक्षणमा ७३.७ प्रतिशत नागरिक बलपूर्वक पार्कलाई हटाउनुको विकल्प नभएको जनाएका थिए । 
 
दक्षिण कोरियाली राष्ट्रपति पार्क विरुद्ध सर्वत्र विरोध उठिरहेको बेला र कोरियाली संसदमा समेत यस विषयमा व्यापक विरोध आइरहेका बेला पार्केले भने बुधबार जापानसँग सेनाको गुप्तचर संस्थासम्बन्धी सम्झौता हस्ताक्षर गर्नुभएको छ ।रासस÷सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ