arrow

मन्त्रिपरिषद् बैठक आइतबार सर्‍याे

logo
प्रकाशित २०७३ मंसिर १० शुक्रबार
mantriparisad-news--ss.jpeg

काठमाडौं । संविधान संशोधन प्रस्ताव संसदमा पठाउने निर्णय गर्न बस्न लागेको मन्त्रिपरिषद् बैठक आइतबार सरेको छ ।

शुक्रबार दिउँसो बस्ने भनिएको बैठक आइतबार मात्रै बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । यद्यपि, आइतबार समय भने यकिन भएको छैन । शुक्रबारको बैठक संविधान संशोधनको प्रस्तावको अन्तिम टुंगो नलाग्दा सरेको हो ।

बिहान सत्ताधारी दुई ठूला दल काँग्रेस एमालेलेको बैठकले संशोधन प्रस्तावका अन्तरवस्तुमा छलफल गरेपनि प्राविधिक कुरा कसरी मिलाउने भन्नेबारे मसिनो गरी छलफल हुन सकेन । शुक्रबारको मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने कार्यतालिका थियो ।

प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिम्सिनाले हाम्राकुरासँग भने, ‘स्प्रीड सबै मिलेको छ । प्राविधिक कुराहरु ठिक ठाउँमा कसरी राख्नेबारे अझै गृहकार्य जारी रहेकाले मन्त्रिपरिषद् बैठक सार्नु परेको हो ।’

सत्ताधारी दलबीचमै सहमति नजुटाई संशोधन प्रस्ताव पेश हुन नसक्ने भएकाले आन्तरिक र द्विपक्षीय छदफल जारी रहेको बताइएको छ ।

विपक्षी एमालेले संविधान संशोधनमा सहयोग नगर्ने भनेपछि दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्र आफ्नै ढंगले अगाडि बढ्ने अभ्यासमा लागेका हुन् । आइतबार मन्त्रिपरिषद् बैठकको निर्णय पछि संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ