arrow

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आईएमई बैंकलाई राष्ट्र बैंकको सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १४ शुक्रबार
rastrabank-annualday-69.jpg

काठमाडौँ । ग्लोबल आईएमई बैंक सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा सम्मानित भएको छ । ६९ औँ वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमईलाई यस्तो सम्मान दिएको हो ।

बैंकले आर्थिक वर्ष २०७९–८० मा बैंकमार्फत भित्रिएको रेमिट्यान्सको २१.१ प्रतिशतको हिस्सा ओगटेको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरेले जानकारी दिए । 

शुक्रबार राष्ट्र बैंकमा आयोजित वार्षिकोत्सव कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई उक्त सम्मानपत्र प्रदान गरे । 

राष्ट्र बैंकले हरेक वर्ष उत्कृष्ठ रेमिट्यान्स भित्र्याउने तीन बैंक तथा रेमिट्यान्सलाई सम्मान गर्ने गरेको छ । यसपटक ग्लोबल आईएमई सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक बन्दा दोस्रोमा हिमालयन बैंक र तेस्रोमा नेपाल एसबीआई बैंक रहेका छन् । हिमालयनले २०.६ प्रतिशत र नेपाल एसबीआई बैंकले १९.१ प्रतिशत रेमिट्यान्स भित्र्याएको राष्ट्र बैंकले जनाएको छ । 

यो अवधिमा कुल १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ