arrow

खेलमा बजेट बढाउन महतको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १५ शनिबार
prakashsharan-mahat-2080-06-19.jpg
तस्बिर-फाइल

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले खेल क्षेत्रको बजेट दोब्बर वृद्धि गर्नुपर्ने बताएका छन् ।

नुवाकोटको बट्टारमा सुरु भएको प्रथम ध्रुव अमात्य स्मृति कप उद्घाटनमा बजेट विनियोजनमा खेल क्षेत्र सधैँ अन्यायमा पर्दै आएकाले तीन तहकै सरकारबाट आगामी दिनमा बजेटको आकार दोब्बरले बढाउँदै लैजानुपर्ने बताएका हुन् । 

“आगामी आवको बजेट विनियोजनमा खेल क्षेत्रमा बजेटको आकार बढाउँछौं भनेर पूर्वउद्घोष गरिसकेका थियौँ”, उनले भने “आवश्यकताअनुसार बजेटको सिलिङ पेस गर्न खेलकुद मन्त्रालयले कार्यदेश पाएको छ । यसबीचमा सरकार परिवर्तन भए पनि उक्त कार्यदेशको सम्बोधन हुनेछ भन्ने विश्वास छ ।”

खेल क्षेत्रमा बढाइने बजेटबाट भौतिक संरचनाको निर्माण, नयाँ जनशक्तिको उत्पादन र राष्ट्रिय एकतामा सहयोग पुग्ने हुदाँ त्यसको नतिजा चौतर्फी रुपमा सकारात्मक आउने प्रवक्ता महतको भनाइ छ ।

उनले खेलकुदका गतिविधि बढाउन, खेल क्षेत्रलाई प्राथमिकता दिन र खेलाडीलाई आर्थिक रुपमा मजबुद बनाउ थप नयाँ कार्यक्रम ल्याउन तीनै तहमा रहेका सरकारलाई आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ