arrow

जापानी वृद्धवृद्धालाई गाडी नचलाउन प्रहरीको आग्रह, चाउचाउमा बिषेश छुट

logo
प्रकाशित २०७३ मंसिर १० शुक्रबार
old-man-driving.jpeg
टोकियो (जापान)। बुढ्यौलीका कारण आँखा कमजोर हुने र शारीरिक तन्दुरुस्ती पनि युवाअवस्थामा जस्तो सक्रिय नहुने जनाउँदै जापानी प्रहरीले यहाँका गाडी चलाउने अनुमतिपत्र प्राप्त वृद्धवृद्धालाई गाडी नचलाई जापानमा पछिल्लो समय देखिएका सडक दुर्घटनामा नियन्त्रण गर्न सहयोगी भूमिका खेलिदिन अनुरोध गरेको छ । 
 
प्रहरीले उनीहरुलाई रेस्टुरेन्टसँगको सहकार्यमा चाउचाउमा छुट दिई बुढो शरीरमा ऊर्जा थप्न मद्दत गर्ने बताएको छ । सवारीचालक अनुमतिपत्र प्राप्त चालकलाई विशेष परिचयपत्रको व्यवस्था गरिदिने र यसैको आधारमा रेस्टुरेन्टले उनीहरूलाई छुट दिने प्रबन्ध शुक्रबारदेखि मिलाएको बताइएको छ । परिचय प्राप्त वृद्धवृद्धाले रेस्टुरेन्टमा ५९० जापानी यन पर्ने चाउचाउमा ९० यन छुट पाउने छन् । 
 
जापानमा ७५ बर्ष माथिका करिब ४८ लाख नागरिकसँग सवारी चालक अनुमति पत्र रहेको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको छ । सडक दुर्घटनामा ठूलो सङ्ख्या वृद्ध चालकको आँखा र शारीरिक कमजोरीका कारण हुने देखिएको बताउदै प्रहरीले यो कदम चालेको आइचीका प्रहरी प्रवक्ताले बताए । 
 
गत महिना एक ८७ वर्षीय चालकले चलाएको एक कारले प्राथमिक विद्यालयमा जान हिँडिरहेका एक बालकको योकोहोमा सहरमा मृत्यु भएको र नौ जना बालबालिका घाइते भएको घटनाबाट पाठ सिक्दै यो कदम चालिएको पनि बताइएको छ । 
 
प्रहरी प्रशासनले ल्याएको यो कदमलाई सहयोग गर्ने प्रतिबद्धता स्वरुप जापानी एक ९७ वर्षीय बुद्धगुरुले गत हप्ता नै आफ्नो सवारीचालक अनुमति पत्र फिर्ता गरेका थिए ।एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ