arrow

डा. केसीको जीवन रक्षाका लागि चिकित्सक संघलाई पत्र

logo
प्रकाशित २०७३ मंसिर १० शुक्रबार
kc-new-gharti.jpg.jpeg

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग राखि आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग राख्दै विभिन्न चिकित्सक संगठनहरुले नेपाल चिकित्सक संघलाई पत्र लेखेका छन् ।

शुक्रबारबाट त्रिवि शिक्षण अस्पतालको वहिरंग सेवा बहिस्कार गरेको नेशनल रेजिडेन्ट्स डाक्टर्स एशोसिएशन, केसीको अभियानमा सक्रिय सोलिडारिटी फर डा. केसी अलायन्सलगायत ८ वटा संगठनले संयुक्त पत्र लेखेका हुन् ।

पत्रमा डा. केसी आमरण अनशन बसेको १३ दिन वितिसकेको छ र स्वास्थ्यमा कुनै पनि बेला गम्भीर देखिन सक्ने कुरा विधितै छ । यो अवस्थामा नेपालमा चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले तत्काल यो आन्दोलनको अपनत्व र नेतृत्व लिनुपर्ने हाम्रो ठहर छ –भनिएको छ ।

डा. केसीको जीवन रक्षा र केसीले उठाएका मुद्दा तथा नेतृत्व गरेको लडाइँ हामी समस्त चिकित्सकको मात्र नभई तमाम नेपालीको हितमा रहेकाले दुवैको रक्षका लागि कत्ति पनि ढिलो गर्न हुँदैन–विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ , ‘अनशनको झण्डै दुई साता भइसक्दा समेत राज्यले चरम संवेदनहिनता देखाइरहँदा परिस्थितिको गम्भीरतालाई बुझेर नेपालभरका चिकित्सकहरुको संलग्नतामा तत्काल कडाभन्दा कडा कार्यक्रम ल्याउन हामी चिकित्सक संघलाई जोडदार माग गर्दछौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ