arrow

तयारी विश्वकपको

नेपाल र वेष्ट इन्डिजको दोस्रो खेल आज, पहिलो खेल जितेर नेपाल उत्साही [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १६ आइतबार
nepal-wi-24-04-28.jpg

काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ए बीचको टी–२० क्रिकेट श्रृंखलाको दोस्रो खेल आज हुँदैछ । खेल दिउँसो १२ः१५ देखि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा हुनेछ । 

यसअघि पहिलो खेल जितेर नेपाल निकै नै उत्साही देखिएको छ । फराकिलो चुनौती सहजै पूरा गर्दै नेपालले सनसनीपूर्ण जित हासिल गरेको हो ।  

शनिबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । २०५ रनको चुनौती नेपालले २ बल खेल्न बाँकी छँदै ६ विकेट गुमाएर पूरा गरेको हो । 

नेपालका लागि कप्तान रोहित पौडेलले ५४ बलमा ६ छक्का र १० चौकाको मद्धतले ११२ रन बनाए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले १८ बलमा २४ रन बनाए । 

वेष्ट इन्डिजका म्याथ्यु फोर्ड र ओबेड म्याक्कोएले समान २–२ विकेट लिए । 

यसअघि नेपालले टस जितेर पहिले फिल्डिङ रोजेसँगै ब्याटिङ गरेको वेष्ट इन्डिजले आक्रामक खेल्दै ५ विकेटको क्षतिमा २०४ रन बनायो । 

कप्तान रोस्टन चेजले ४६ बलमा ७४ रन बनाए । त्यस्तै ओपनर एलिक एथानाजले २५ बलमा ४७ तथा केसी कार्लीले २६ बलमा ३८ रन बनाए । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरी, कमल ऐरी, अविनाश बोहरा र रोहित पौडेलले १–१ विकेट लिए । कमजोर बलिङ गरेको नेपालले १७ रन अतिरिक्तका रुपमा दिएको थियो । 

आगामी जुन २ तारिखमा वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने विश्वकपको तयारीका लागि नेपाललाई यो निकै राम्रो अवसर रहेको छ । पहिलो खेलबाट कप्तान रोहितको लामो समयदेखि खड्किएको ब्याटिङ पनि खुलेको छ । नेपालको सबैभन्दा ठूलो ‘स्ट्रेन्थ’ बलिङ भए पनि बलिङको लय पकड्न सकेको छैन । 

पाँच खेलको टी–२० श्रृंखला खेल्न पहिलो पटक वेस्ट इन्डिजको ए टिम नेपाल आएको हो । शनिबारको खेलमा दर्शकले पनि भरपूर मजा लिएका थिए । 

तेस्रो खेल बुधबार, चौथो बिहीबार र पाँचौँ खेल आगामी शनिबार हुनेछ । 


 

nepal-west-indies-A-24-04-27 (1).jpg
nepal-west-indies-A-24-04-27 (2).jpg
nepal-west-indies-A-24-04-27 (3).jpg
nepal-west-indies-A-24-04-27 (4).jpg
nepal-west-indies-A-24-04-27 (5).jpg
nepal-west-indies-A-24-04-27 (6).jpg
nepal-west-indies-A-24-04-27 (7).jpg
nepal-west-indies-A-24-04-27 (8).jpg
nepal-west-indies-A-24-04-27 (9).jpg
nepal-west-indies-A-24-04-27 (10).jpg
nepal-west-indies-A-24-04-27 (11).jpg
nepal-west-indies-A-24-04-27 (12).jpg
nepal-west-indies-A-24-04-27 (13).jpg
nepal-west-indies-A-24-04-27 (14).jpg
nepal-west-indies-A-24-04-27 (15).jpg
nepal-west-indies-A-24-04-27 (16).jpg
nepal-west-indies-A-24-04-27 (17).jpg
nepal-west-indies-A-24-04-27 (18).jpg
nepal-west-indies-A-24-04-27 (19).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ