arrow

प्रचण्ड सत्ताका लागि जे गर्न पनि तयार

बिरालो बनेर गोरखा पुगेका प्रचण्ड शेर बनेर निस्किए - बाबुराम [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १९ बुधबार
baburam-bhattrai-2081-01-19.jpg

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिरालो बनेर गोरखा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल शेर बनेर निस्किएको बताए का छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले प्रचण्ड निर्वाचन अघि पानीमा भिजेको बिरालो जस्तो भएर गोरखामा चुनाव लड्नका लागि आफूसँग अनुनय विनय गरे पनि जितेपछि शेरजस्तो भएर गर्जिन थालेको भन्दै आक्रोश पनि व्यक्त गरेका हुन् । 

उनले भने,' जब निर्वाचन भयो । खोलो तर्यो‍, लौरो बिस्र्यो । प्रचण्डजी चुनाव जितिसकेपछि त उहाँ फेरि पानीको भिजेको बिरालो जस्तो भएको मान्छे चुनाव जितिसके पछि त शेरजस्तो भएर गर्जन थाल्नुभयो । अनि देखिहाल्नु भयो, फेरि उही कुरा दोहोर्‍याउनु थाल्नु भयो ।' 


भट्टराईले प्रधानमन्त्री प्रचण्डले सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाए । भट्टराईले कहिले कांग्रेस र एमालेसँग आलोपालो पछि लागेर प्रचण्डले सत्ताका लागि मरिहत्ते गरेको बताए । 

उनले भने,‘माओवादी आन्दोलनमा जोडिएका साथीहरूको एउटा ठुलो समूह थियो । ती साथीहरू पनि बडो दुबिधामा थिए । कहिले एमालेको पछि लागेको छ, कहिले कांग्रेसको पछि लागेको छ । प्रचण्डजीले उनीहरूलाई आफ्नो सत्ता स्वार्थमा निरन्तर घुमाई राख्नुभएको छ । त्यस्तो भएको बेलामा माओवादी आन्दोलनमा लागेकाहरूलाई समाजवादतर्फ लैजानका लागि आफूले चुनावमा सहकार्य गरेर जाने नीति लिएको हो । प्रचण्डजीलाई मेरो विश्वास थिएन । उहाँ त सत्ताको निम्ति जे पनि गर्नुहुन्छ । तपाई कुर्सीमा बस्ने हो भनिदिएपछि जता पनि बसिदिनु हुन्छ । त्यो मलाई थाहा थियो ।'

उनले माओवादी आन्दोलनमा लागेका पार्टी र व्यक्तिहरूलाई समेटेर नयाँ समाजवादी धुव्रीकरणको अभियान शुरु गर्न आफूले गत निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि प्रचण्डको सत्ता मोहका कारण त्यसलाई अघि बढाउन नसकिने जिकिर गरे । 
भट्टराईले दाहालको सत्ता मोहले वाक्क भएकाहरूलाई पनि समाजवादी धारमा अघि बढाउन आफूले निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि सोही पार्टीमा एकीकरण भएर जाने निर्णय भने नगरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ