arrow

संसद्को दुवै सदनको अधिवेशन आह्वान [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २१ शुक्रबार
rekha-sharma-01-20.jpg

काठमाडौँ । सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको छ । सरकारले वैशाख २८ गते शुक्रबार अपराह्न २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। 

बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भनिन् ,' ‘संवत् २०८१ साल वैशाख २८ गते शुक्रवार अपराह्न २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।'

जापानी परराष्ट्रमन्त्री एचिएमएस कामिकावायोकोको वैशाख २३ गते हुने नेपाल भ्रमणको अवसरमा दुई पक्षीय वार्ताका लागि नेपाली प्रतिनिधि मण्डल गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको पनि उनले बताइन् । 

सरकारले समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्व न्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ । मन्त्रीपरिषद्को बैठकले सहकारीका समस्या समाधानका लागि सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन गरेको हो । 

उनले दुई पक्षीय वार्ताको लागि उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा परराष्ट्रका अधिकारीहरू सम्मिलित वार्ता टोली र प्रतिनिधि मण्डल गठन हुने बताइन् ।

उनले भनिन्, जापानी परराष्ट्रमन्त्री एचिएमएस कामिकावायोकोको मिति २०८१ वैशाख २३ गते नेपाल भ्रमणको अवसरमा हुने दुई पक्षीय वार्ताका लागि नेपाली प्रतिनिधि मण्डल गठन गरी वार्ता गर्ने अख्तियारी दिने । उक्त दुई पक्षीय वार्ताको लागि यसैसाथ संलग्न अनुसूची पनि आएको छ । परराष्ट्रमन्त्रीज्युकै नेतृत्वमा यो परराष्ट्रका विभिन्न अधिकारीहरू सम्मिलित वार्ता टोली र प्रतिनिधि मण्डल गठन हुने । समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समितिको अध्यक्ष पदमा उच्च अदालतका पूर्व न्यायाधीश श्री रमणकुमार गौतमलाई नियुक्त गर्ने । यसको कुरा पहिला पनि उठेको नै थियो । यसको समस्या समाधान गर्नु नै थियो । त्यही समस्या समाधानका लागि एउटा समिति गठन भएको छ ।’

मन्त्री शर्माले देशभर भएका आगलागीका घटनाहरूमा पनि गम्भीरतापूर्वक छलफल भएको बताइन् । सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर आगलागीका घटनाको न्यूनीकरण गरेर जानुपर्ने भन्ने निर्णय भएको पनि बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ