arrow

एसको संसदीय दलको बैठक नयाँबानेश्वरमा जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २४ सोमबार
ncp-united-socialist-party-office.jpg

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलको बैठक जारी छ । 

पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बैठक जारी रहेको जानकारी दिए। 

यही वैशाख २८ गतेदेखि सुरूहुने सङ्घीय संसदको अधिवेशन, पार्टीको तयारी र समसामयिक विषयमा छलफल गर्न बैठक बसेको खतिवडाले जानकारी दिए । 

उनले भने, “अहिले हाम्रो पार्टी संसदीय दलको बैठक बसिरहेको छ । बैठकमा यही वैशाख २८ गतेदेखि सुरूहुने बजेट अधिवेशन, नीति तथा कार्यक्रमसँग जोडिएका विषय, प्रारम्भीक तयारी तथा समसामयिक विषयमा छलफल भइरहेको छ ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ