arrow

नेपालमा नौ प्रजातिका गिद्ध, लोप हुँदै गएपछि चिन्ता

logo
प्रकाशित २०७३ मंसिर १२ आइतबार
eagle.jpeg
रामपुर । कालीगण्डकी नदी किनारामा पाइने गिद्ध हिजोआज लोप हुँदै गएको छ । नदी वारिपारिका किनारामा वासस्थान बनाएर वर्षौंदेखि बस्ने प्रकृतिको कुचिकारका रुपमा चिनिने गिद्ध हिजोआज न्यून मात्रामा भेटिन्छन् । 
 
कालीगण्डकीको खैरेनीघाट, रामघाट, पुट्टारघाट, बालीघाटलगायतका विभिन्न घाटमा पाइने गिद्धको संरक्षण नहुँदा लोप हुँदै गएका हुन् । 
 
कालीनदीको रामघाटमा आजभन्दा १० वर्ष अगाडि ३०० भन्दा बढीको हाराहारीमा गिद्धको वासस्थान थियो । अहिले यस क्षेत्रमा १५ देखि २० को हाराहारीमा रहेको स्थानीय बुद्धिप्रकाश रेग्मीले बताए । 
 
रामपुर नगरपालिका–१३ को खैरेनी वन क्षेत्रलाई गिद्ध संरक्षण क्षेत्र घोषणा गरे पनि यसको संरक्षण हुन नसक्दा यहाँ पाइने गिद्ध लोप हुँदै गएका छन् । 
 
पहिले पहिले नदी किनारामा मरेका जीवजन्तु, गाईबस्तु फ्याँक्ने गर्दा गिद्धको ठूलै बथान रहेको र हिजोआज मरेका जीवजन्तु, घरपालुवा जनावर जथाभावी फ्याँक्न छाडेपछि हराउँदै गएको स्थानीय कमलप्रसाद अधिकारीले बताए । 
 
संसारमा २३ प्रजातिका गिद्धमध्ये नेपालमा नौ प्रजातिका गिद्ध पाइए पनि त्यसमध्ये धेरै गिद्ध आहारको कमी, सिमलका रुख विनाश गर्दै जाँदा वासस्थान सङ्कट अवस्थामा रहेको रामपुरका समाजसेवी लेखनाथ शर्मा मरासिनीले बताए । 
 
नेपालमा सानो, खैरो, डङ्गुर, सुन, सेतो, राजा, हिमाली, हाडफोर, लामो ठुडे प्रजातिका गिद्ध पाइने गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ