arrow

एक हजार बालबालिकाको मुटु परीक्षण, १० जनामा जटिल समस्या

logo
प्रकाशित २०७३ मंसिर १२ आइतबार
heart.jpg.jpeg
सोलुखुम्बु । नेपाल हृदयरोग केन्द्र निवारण प्रतिष्ठानले सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा शनिबार आयोजना गरेको मुटु परीक्षण कार्यक्रममा एक हजार ५१ जना बालबालिकाको मुटु परीक्षण गरिएको छ । पन्ध्र वर्षमुनिका बालबालिकालाई लक्षित गरिएको सो शिविरमा परीक्षण गराएकामध्ये १० जना बालबालिकाको मुटुको शल्यक्रिया गर्नुपर्ने अवस्था पहिचान भएको मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले जानकारी दिए । 
 
यसैबीच नेपाल हृदयरोग निवारण प्रतिष्ठानले मेची–महाकाली राष्ट्रिय मुटु सचेतना अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । 
 
प्रतिष्ठानले सोलुखुम्बुको सल्लेरीमा छैठौँ अर्धवार्षिकी सभामार्फत घोषणापत्र जारी गर्दै मुटु सचेतना अभियान सञ्चालन गर्ने जनाएको छ । 
 
१८ जिल्लाका प्रतिनिधि सम्मिलित सभामा जिल्लागत प्रगतिको समेत समिक्षा गरिएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ