arrow

गुल्मीमा सात महिनापछि वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २५ मंगलबार
Dhurkot_Gaunpalika.png

तम्घास । गुल्मी जिल्लामा सात महिनापछि वर्षा भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँमा सात महिनापछि वर्षा भएको त्यहाँस्थित नवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक भागिरथ पोखरेलले जानकारी दिए । 

उनका अनुसार गत असोजपछि पहिलो पटक वर्षा भएको हो । उनले सात महिनापछि आज बिहान वर्षा भएको बताए । 

वर्षा हुन नसक्दा किसानहरु निकै मर्कामा परेको बताउँदै वनमा लागेको डढेलोका कारणसमेत ठूलो क्षति बेहोर्नु परेको बताए । 

वर्षा नभएकै कारण अन्नबाली यसपालि हुन सकेको थिएन । अहिलेसम्म मकैसमेत लगाउन नपाएको किसानहरुको गुनासो छ । 

वर्षा नभएकै कारण सुन्तलाको पकेट क्षेत्र मानिने नयाँगाउँमा यसपालि उत्पादन केही घटेको थियो ।  

सात महिनापछि वर्षा भए पनि लामो समयसम्म पानी नपरेर खडेरीको मार खेपेको जमीन भिज्न अलि समय लाग्ने पोखरेलले बताए । 

उनले भने, 'पानी परेको छ । दिनभर पर्ने हो भने बारी र खेत भिज्ने थियो । मकै लगाउने बेला भयो । यसले किसानलाई फाइदा हुने थियो ।'


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ