arrow

हस्याङफस्याङ गर्दै उपेन्द्र यादव प्रचण्डलाई भेट्न पुगे बालुवाटारमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २५ मंगलबार
upendra-yadav-jasapa.jpg

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । 

पार्टी विभाजन पछिको परिस्थितिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न उनी मंगलबार बिहान बालुवाटार पुगेका हुन् । उपप्रधानमन्त्री यादव विदेश भ्रमणमा रहेका बेला उनी नेतृत्वको जसपा आइतबार फुटेको थियो ।

भ्रमण टुङ्ग्याएर गएराति मात्र स्वदेश आइपुगेका यादव हस्याङफस्याङ गर्दै बालुवाटार पुगेका हुन् । उनले प्रधानमन्त्रीसँग नयाँ परिस्थितिको विषयमा छलफल गरेको बताइएको छ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग गोप्य वार्ता गर्दै सरकारबाट बाहिरिने तयारी गरेका उपेन्द्र विदेश भ्रमणमा रहेका बेलामा यहाँ प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी टुक्राइदिएको यादव पक्षको बुझाइ छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ