arrow

सवारी दुर्घटनामा पालुङटारका कमलको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २६ बुधबार
accident-final.jpg

भक्तपुर । सूर्यविनायक नगरपालिका‐९ मिलनचोकमा साँगाबाट जगातितर्फ आउँदै गरेको ना५ख २३६१ नं. को निजी गाडीले पैदलयात्रीलाई मंगलबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

निजी बोलेरोले ठक्कर दिँदा गोरखा पालुङटार नगरपालिका‐२ घर भई हाल सूनपा‐९ नलिञ्चोक बस्ने ३८ वर्षीय कमल बयलकोटीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते बयलकोटलाई उपचारका लागि डा ईवामुरा अस्पताल भक्तपुर लगे पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि ललितपुरस्थित सुमेरु अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

प्रहरीले ठक्कर दिने गाडी र सवारी चालक सर्लाही लालबन्दी नगरपालिका‐१६ बस्ने २३ वर्षीय सागर माझीलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ