arrow

रहेनन् माओवादी केन्द्रका सल्लाहकार खड्का, पशुपतिमा अन्त्येष्टि हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २६ बुधबार
khagendra-khadka-maoist-died.jpg

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार प्राध्यापक खगेन्द्र खड्काको निधन भएको छ । खड्काको मंगलबार नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरमा निधन भएको हो । 

माओवादी केन्द्रका महासचिव देव गुरुङले शोक वक्तव्य जारी गर्दै सल्लाहकार खड्काको निधनले सिङ्गो पार्टी स्तब्ध भएको जनाएका छन् । 

माओवादीले भनेको छ, ‘प्राध्यापक खगेन्द्र खड्काको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको छ । राष्ट्रले एक बौद्धिक होनहार व्यक्तित्व गुमाएको छ ।'

विक्रम संवत् २००८ साल असोज १२ गते उदयपुरको बेलका नगरपालिका वडा नम्बर ४ मा जन्मिएका खड्का लामो समय कम्युनिस्ट आन्दोलनमा आबद्ध रहँदै आएका थिए । 

खड्का २०६४ सालमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा समाहित भई केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा थिए । हाल टोखा नगरपालिका धापासीमा बस्दै आएका उनका ४ छोरीहरू रहेका छन् । 

सल्लाहकार खड्काको अन्तिम श्रद्धाञ्जली र अन्त्येष्टि बुधबार साँझ ६ बजे पशुपति आर्यघाटमा गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ