arrow

महाकाली नदीको टापुमा ट्याक्टरसहित थुनिए मजदुर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २७ बिहिबार
mahakali-jalistar.JPG

कञ्चनपुर। कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका १४ वटा ट्याक्टरसहित मजदुर थुनिएका छन् ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार आज साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बालुवा, गिट्टी र ढुङ्गा लिन महाकाली टापु पुगेका १४ ट्याक्टरसहित २७-२८ जना चालक र मजदुर टापुमा फसेका हुन् । 

प्रहरीका अनुसार महाकालीको बीच टापुमा करिब अढाइ-तीन सय स्थानीय नदीजन्य वस्तु सङ्कलनका बेला त्यही टहरा बनाएर बस्ने गरेका छन् । 

सोही क्षेत्रमा अहिले ट्याक्टर र मजदुर बसिरहेको र कुनै जोखिम भने नरहेको प्रहरीले जनाएको छ । 

फसेकाको उद्धारका लागि पहल गरिए पनि जोखिम नभएकाले टापुमै बसिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ