arrow

नेपाली समाज धेरै बदलिएको छैन, बदल्नुपर्नेछ - गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २७ बिहिबार
gagan-thapa-01-26-.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु नहुने बताएका छन् । बुधबार काठमाडौँमा चलचित्र बोक्सीको घर हेरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले समाज आफैँ बदलिन्छ भनेर सन्तोष मानेर बस्न नहुने बताए । उनले राजनीतिक कार्यकर्ताहरूले समाज विकासको गति बढाउन आवश्यक रहेको बताए । 

उनले चलचित्र बोक्सीको घरले समाज विकासका लागि ठुलो भूमिका खेलेको बताए । उनले नेपाली समाज अझै बदलिन नसकेको र बदल्न आवश्यक रहेको बताए ।

उनले भने, ‘हामीले सन्तोष मान्नु हुँदैन । किन मान्नु हुँदैन भने समाज आफैँ बदलिरहेको छ, बदलिरहन्छ, बिस्तारै हुँदै जान्छ भनेर मात्रै हुँदैन । १० वर्षमा हुन्छ भनेर छोड्यौँ भने त हामी जस्तो राजनीतिक कार्यकर्ता किन चाहियो । यसको गति बढाउने काम हाम्रो हो । यसमा केकी अधिकारीको चलचित्रले ठुलो भूमिका खेल्छ । यति धेरै महिलाहरूले सेक्सुहल ह्यारिसमेण्ट आफ्नो जीवनमा व्यहोर्नुपरेको छ । आफ्ना नातागोताहरूबाट । यसलाई बाहिर बताउन सकेका छैनौँ । नेपाली समाज धेरै बदलिएको छैन, बदल्नुपर्नेछ । यो फिल्मले आधार दिएको छ ।’

कार्यक्रममा बोल्दै अभिनेत्री केकी अधिकारीले चलचित्रलाई देशभित्र र बाहिर पनि दर्शकले उच्च साथ दिएको बताइन्। चलचित्रले समाजमा रहेको विकृति र विसङ्गतिको बारेमा आवाज उठाएको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ