arrow

बुधबार राति ५१९ प्रहरी निरीक्षकको सरुवा, को कहाँ ? [सूचीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २७ बिहिबार
police-head-Q.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार राति ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरेका हुन् । 

त्यसमध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउने सूचनामा उल्लेख छ। धेरैजसो इन्सपेक्टरहरूको सरुवा हुने समय पुगेको छैन । 

उनीहरुलाई एक वर्षको अवधि नपुग्दै सरुवा गरिएको छ । अधिकांश निरीक्षकहरु राजनीतिक घानमा परेको आँकलन गरिएको छ ।

यसअघि गृहमन्त्री रवि लामिछानेले उच्च पदस्थ अधिकृतहरुको सरुवा गरेका थिए । महानिरीक्षक कुँवर अमेरिकामा भएका बेलामा उनीहरुको सरुवा भएसँगै यसपालि महानिरीक्षकले सोहीअनुसार सरुवा गरेको प्रहरी मुख्यालय स्रोत बताउँछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ