arrow

सुनको घट्दा बढ्यो चाँदीको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २७ बिहिबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मुल्य तोलामा ८०० ले घटेर १ लाख ३५ हजार ६०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३६ हजार ४०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार ७५० मा कारोबार भएको थियो ।  

त्यसैगरी बिहीबार चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ