arrow

संयुक्त राष्ट्रसङ्घ महासभा अध्यक्षद्वारा कास्ट्रोको निधनप्रति श्रद्धाञ्जलि व्यक्त

logo
प्रकाशित २०७३ मंसिर १२ आइतबार
fedel-castrol.jpeg
युनाइटेड नेशन्स । संयुक्त राष्ट्रसङ्घ महासभा प्रमुख पिटर थमसनले क्यूवाका पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधनको खबरले आफु दुखी बनेको बताउँदै उनिप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् । 
 
शनिबार जारी विज्ञप्तिमा थमसनले भनेका छन् , “म मृतकको परिवारजन, फिडेल कास्ट्रोका भाई तथा क्यूवाका राष्ट्रपति राहुल कास्ट्रो, क्यूवा सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।” 
 
विज्ञप्तिमा क्युवाका पूर्वराष्ट्रपति फिडेल कास्ट्रो बिसौँ शताव्दीका केही प्रतिष्ठित नेतामध्ये एक भएको बताउँदै कास्ट्रोले आफ्नो जीवनभर समानताका लागि गरेको समर्पणले उनि विकासोन्मूख मुलुकका लागि एक प्रेरणाका स्रोत हुनुहुन्थ्यो भनिएको छ । 
 
शिक्षा र स्वास्थ्यका क्षेत्रमा उनको त्याग अविस्मरणीय रहने थमसनले बताए  । आधा शताव्दीसम्म क्यूवाको नेतृत्व सम्हाल्नुभएको कास्ट्रोले सन् २००६ मा स्वास्थ्यका कारण देखाउँदै राष्ट्रपतिको जिम्मेवारी उनको भाइ राहुल कास्ट्रोलाई सुम्पिएका थिए । कास्ट्रोको ९० वर्षको उमेरमा शुक्रबार निधन भएको थियो । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ