arrow

घलेम्दी हाईड्रोको पुर्वाधारका काम तिब्र

logo
निर्मल खत्री,
प्रकाशित २०७३ मंसिर १२ आइतबार
ghalemdi-hydropower.jpeg
म्याग्दी। म्याग्दीको जिल्लाको उत्तरी नारच्याङ्गमा निर्माण हुन लागेको जलबिद्युत आयोजनाको पुर्वाधार निमार्णको काम तिव्र बनाईएको छ  । घलेम्दी हाईड्रो पावर कम्पनी लिमिटेड प्रालिको आयोजनामा निर्माण हुन लागेको आयोजनाको टनेल खन्ने काम ७० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीले जानकारी दिइएको छ ।
 
बिद्युत उत्पादनको लागि पानी लिईने १७ सय मिटर सुरुङमार्ग रहने आयोजनाको हाल  सम्म ईन्टेक देखि आउटलेट सम्म ३ सय ३४ मिटर र आउलेट देखि ईन्टेक सम्म ६ सय ५५ मिटर गरि करिव १ हजार ५० मिटर सुरुङ्गमार्गको निर्माण भएको छ। सुरुङ्ग मार्गको कामलाई यहि आवको चैत महिना सम्ममा निर्माण गरी सक्ने लक्ष्य रहेको हाईड्रोका सदस्य एवम साईट ईन्चार्ज अन्न्त्तराज पोखरेलले बताए।
 
 सुरुङ्गमार्ग संगै ड्याम साईट,बाध बिद्युतगृह निर्माण चरणमा रहेको छ । कुल ८५ करोड लागानीमा निर्माण हुन लागेको आयोजनमा रु ३० करोड संस्थापक शेयर सकलन भएको र  बाँकी रु ५५ करोड रुपैयाँ भिबोर सोसाइटी विकास बैँक, सिद्धार्थ विकास बैँक , सिदार्थ रिटायरमेण्ट फण्ड र टुरीजम डेभलपमेण्ड बैँकले लगानी गर्नेछन् ।
 
 संस्थापक सेयरको लागि स्थानिय लागनीमा हाम्रो जोड रहेको बताएदै स्थानिय बासीहरुको सकरात्मक सहयोगले गर्दा अबको १८ महिना भित्र बिजुली बत्ति बाल्ने लक्ष्य रहेको आयोजनाका सचिव बिलम रिजालले जानकारी दिए । पुर्वाधार निर्माणको काममा स्थानिय तथा बाहिरको गरि १ सय ७० जनाले रोजगारी पाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ