arrow

सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रविको बचाउमा केपी, कांग्रेसमाथि आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २८ शुक्रबार
kp-sharma-oli-81-01-03.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । शुक्रबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेको बचाउ गरेका हुन् ।

ओलीले लामिछानेको विरुद्धमा कहिँ कतै उजुरी नभएको भन्दै कांग्रेसले लगातार छानबिन समितिको माग गरेर छुद्र राजनीति गरेको आरोप लगाए । 

उनले भने,  ‘प्रतिशोधी र स्वार्थ केन्द्रित राजनीति मात्र होइन । नेपाली कांग्रेसको यस्तो तरिका फेयर छैन । हामीले राजीनामा मागेका छैनौँ भन्नुभयो उहाँहरूले । राजीनामा अहिले मागेको पो छैन । केही पनि नहुँदा समिति बनाऔँ भन्नेहरूले समिति बनिसकेपछि आफ्नै बारेमा छानबिन गर्न आफैँ उपस्थित भएको संसद्ले  समिति बनाइसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ ? भनेर तत्काल राजीनामाको खेल शुरु गर्नुहुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ