काठमाडौं। गतबर्ष आएको विनाशकारी भुकम्प पछि सोमबार विहानै अत्याउने गरि भुकम्प महशुस गरिएको छ। विहान ५ वजेर २० मिनेटमा काठमाडौं लगायतका ठाउँमा भुकम्प महशुस गरिएको हो। एकाविहानै आएको यो भुकम्पले सुतिरहेका सबैलाई व्यूझाएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर २० मिनेटमा रामेछाप र सोलुको सीमानामा ५ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको हो ।
भूकम्पले कुनै क्षती पुर्याएको बारेमा केहि जानकारी भने आएको छैन। भुकम्पको धक्का पूर्वी नेपाल र भारतीय राज्य पश्चिम वगालसम्म पनि गरिएको बताइएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले यसलाई बैशाख १२ को महाभूकम्पको पराकम्पन भनेको छ । रामेछाप र सिन्धुपाल्चोकको सीमामा केन्द्रबिन्दु भएर गएको यस पराकम्पनसंगै गत बर्षको बैशाखको गोरखा भूकम्पपछि पराकम्पनको संख्या ४ सय ७५ पुगेको छ ।