arrow

‘कृषि लगानीको दशक’ घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
ramchandra-81-2-1v.jpg

काठमाडौँ । सरकारले आगामी दशकलाई ‘कृषिमा लगानीको दशक’ घोषणा गरेको छ । आर्थिक वर्ष २०८१–८२ देखि लागू हुने गरी सरकारले १० वर्षसम्म कृषिमा लगानी भित्र्याउन यस्तो घोषणा गरेको हो । 

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने यस्तो बताएका हुन् । सरकारले कृषि उत्पादन बढाउन शित भण्डार, बजार निर्माण, बजार सूचना प्रणाली लगायत सञ्चालनमा ल्याउनेसमेत जनाएको छ । 

त्यस्तै, वडा स्तरमा नै कृषि सिकाइ केन्द्र स्थापना गर्ने, किसान परिचयपत्रलाई सहुलियत सेवाामा आवद्ध गराउने, कृषिकलाई उचित सम्मान गर्ने सरकारको कार्यक्रम छ । 

सरकारले आगामी ५ वर्षभित्र देशलाई फलफूलमा आत्मनिर्भर बनाउने जनाएको छ । त्यस्तै माछा तथा पुशपालनमा समेत २ वर्षभित्र आत्मनिर्भर बन्ने जनाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ