arrow

संशोधनको प्रयत्नले संविधान कार्यान्वयनमा सङ्कट : सचिव विष्ट

logo
प्रकाशित २०७३ मंसिर १३ सोमबार
bista.jpg.jpeg
पोखरा। नेकपा (एमाले)का केन्द्रीय कमिटीका सचिव एवम् पूर्वमन्त्री गोकर्ण विष्टले सरकारको संविधान संशोधनको प्रयत्नले संविधान कार्यान्वयनमा सङ्कट उत्पन्न गराउने बताएका छन् । 
 
प्रेस चौतारी नेपाल कास्कीले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले कुनै व्यक्तिविशेष र राजनीतिक दलको चाहना र स्वार्थ पूरा गर्ने गरी ल्याइने संशोधनलाई नेपाली जनताले कदापि स्वीकार गर्न नसक्ने धारणा राखे। 
 
मिलेर बसेका प्रदेश नं ५ का तराई र पहाडी जिल्लालाई संविधान संशोधनबाट छुट्याउने प्रयास गलत छ भन्दै एमाले सचिव विष्टले यस्तो प्रस्ताव त्यस क्षेत्रका जनताले स्वीकार्न नसक्ने चेतावनी दिए । 
 
स्वाधीनता र अखण्डतामाथि आइपर्ने सङ्कटका अगाडि सत्तापक्ष सांसदहरु पनि उभिनुपर्ने बेला आएकामा जोड दिँदै उहाँले यस्तो गलत प्रयासका लागि एमाले संसदभित्र र बाहिर कडा रुपमा प्रस्तुत हुने बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ