arrow

नेपाल र न्युजिल्यान्डका परराष्ट्रमन्त्रीबिच भेटवार्ता

पहिलो पटक उच्चस्तरिय कूटनीतिक भेटवार्ता

logo
प्रकाशित २०७३ मंसिर १३ सोमबार
samakaksipararastra.jpeg
काठमाडौं । नेपालका परराष्ट मन्त्री प्रकाश शरण महत र न्युजिल्यान्डका बिदेशमन्त्री मुर्रे म्याककुली बिच सोमबार भेटवार्ता सम्पन्न भएको छ । दुइ देश बिचको उच्चस्तरिय मन्त्रीस्तरिय भेटवार्ता भएको यो नै पहिलो हो ।गैर आवासिय नेपाली संघको आयोजनामा सम्पन्न नेपाल महोत्सवको उदघाटनका लागि अस्ट्रेलिया आइपुग्नु भएका परराष्ट्र मन्त्री प्रकाशसरण महतले भ्रमणलाइ उपलब्धीमुलक र सफल बनाउदै अस्ट्रेलिया र न्युजिल्यान्डका उच्चस्तरिय नेतासँग भेटघाट गरेका हुन् ।
 
न्युजिल्यान्ड पुगेर सोमबार समकक्षी परराष्ट्र मन्त्रीसँग करिब एक घन्टा वार्ता गरी मन्त्री महत आजै नेपाल फकिने  कार्यक्रम छ । सिड्नीमा शनिबार भएको नेपाल महोत्सव अगाडी अस्ट्रेलियन सरकारका उच्च पदस्थ मन्त्री र नेतासँग भेटवार्ता गरेका मन्त्री महतले सोमबार न्युजिल्यान्ड पुगी त्यहाका परराष्ट्र मन्त्री मुर्रे क्याककुलीसँग भेटवार्ता गरेका हुन् ।छोटो समयका बावजुद उल्लेख्य उपलब्धी हात पार्न सफल परराष्ट्र मन्त्री महतले न्युजिल्यान्डसँगको आपसी सम्वन्ध, सहयोग, शैक्षिक अनुदान, बिस्तारका बिषयमा महत्वपुर्ण छलफल भएको थियो ।
 
न्युजिल्यान्डको सरकारमा करिब आठ बर्ष लगातार परराष्ट्र मन्त्री रहेका म्याककुलीले नेपालमा संभावना रहेको हाइड्रोमा लगानी र सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । सगरमाथाको साहसीक विजयसँगै असल मित्रका रुपमा चिनिएको दुइ देश बिचका परराष्ट्र मन्त्री बिचको यो भेट महत्वपुर्ण मानिएको छ । एन्डमन्ड हिलारी र तेन्जिङ नोर्गेले सगरमाथामाथि विजय प्राप्त गर्दै गर्दा दुइदेशको झन्डा फहराएको प्रसंग जोडदै मन्त्री महतले वार्ता निकै महत्वपुर्ण र रोचक रहेको बताए । वार्ताका क्रममा शैक्षिक अनुदान र छात्रबृती अनि कृषीमा पशुपालन र दुग्ध प्रशोधनका सम्वन्धमा न्युजिल्यान्डले सहयोग गर्न सक्ने बिषयमा समेत छलफल भएको मन्त्री महतले जानकारी दिए ।
 
निकै उत्सुकताका साथ मन्त्री महतलाई समय दिएका मन्त्री मुर्रेले भुकम्पपछिको नपुननिमार्णमा समेत सहयोग गर्ने बिषयमा वार्ता भएको मन्त्री महतले बताए ।मन्त्री महतले न्युजिल्यान्डको प्रवेशाज्ञा समेत लिन दिल्ली धाउनुपर्ने समस्याका बिषयमा समेत मन्त्री म्याककुलीलाई अवगत गराएका थिए  ।
 
 प्रतिउत्तरमा न्युजिल्यान्डका मन्त्री म्याककुलीले हाइड्रो र छात्रबृतीका बिषयमा सहयोग अगाडि बढाउन सकिने र प्रवेशाज्ञाका बिषयमा अस्ट्रेलियाले नेपालवाट भिषा जारी गरे आफुहरु पनि  उनिहरुसँगै सहकार्य गरेर प्रकृया अगाडि बढाउन तयार रहेको जानकारी गराए । मन्त्री महतले आइतबार राती न्युजिल्यान्डको नेपाली समाजसँग भेटघाट गर्दै डायस्पोराको नेपाली समाजले मुलुकको प्रतिष्ठा बढाएको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ