arrow

संशोधनमा राप्रपाको पूर्ण समर्थन छ : राष्ट्रिय अध्यक्ष राणा

‘अबको चुनवामा राप्रपाले आफ्नो वर्चस्व देखाउँछ’

logo
प्रकाशित २०७३ मंसिर १३ सोमबार
ranapasupati.jpeg
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् । 
सोमबार रिपोर्टर्स क्लबमा राष्ट्रिय अध्यक्ष राणाले मधेशको मुद्दा सम्बोधन गर्नको लागि पनि संविधान संशोधन अनिवार्य भएको उल्लेख गर्दै सरकारले ल्याउन लागेको संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताएका हुन् । उनले संशोधन प्रस्तावमा धेरै भन्दा धेरै दलहरुको सहमति जुटाउनको लागि केही ढिलाई भएपनि प्रस्ताव चाँडै दर्ता हुने विश्वास व्यक्त गरे । 
 
राष्ट्रिय अध्यक्ष राणाले ४ वटा महत्वपूर्ण विषयमा संशोधन हुन गैरहेको उल्लेख गरे । उनका अनुसार प्रदेशको सिमांकनमा सहमतिको आधारमा संशोधन गर्ने, भाषाको विवाद समाधानको लागि अहिलेभन्दा केही फराकिलो बनाउने, माथिल्लो सदनमा जनसंख्याको आधारमा र नागरिकताको सवालमा अंगीकृतलाई संवैधानिक पदबाहेक अरुमा स्थान दिने गरी संशोधनको तयारी भैरहेको छ । 
 
उनले आफ्नो पार्टीले हिन्दूराष्ट्रको लागि जनमतसंग्रह गर्नुपर्छ भन्ने माग अघि सारिरहेको भएपनि अहिलेको संविधान संशोधनमा यो विषयमा कुनै कुरा नहुने स्पष्ट पारे । उनले थपे,‘अहिले हामी संसदमा थोरै संख्यामा छौं, पास नहुने संशोधन हामी हाल्दैनौं, हिन्दुत्वको लागि हामी जनमतसंग्रहको लागि संघर्ष गरिरहेका छौं, यसको पक्षमा व्यापक जनमत बनिरहेको छ ।’ राणाले हिन्दुराष्ट्रको पक्षमा ठूला पार्टीमा पनि व्यापक बहस भैरहेको जिकिर गरे । राष्ट्रिय अध्यक्ष राणाले अहिले राप्रपा सरकारमा भएकोले राप्रपा नेपालसँगको एकतापछि आफ्नो पार्टीको संख्या वृद्धि भएकोले सरकारमा रहेको पार्टीको प्रतिनिधित्व केही फराकिलो हुने दाबी गरे । 
 
संविधान संशोधनमा राप्रपाको सहयोग जुटाउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालले केन्द्रिय अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री दिने हल्ला चलिरहेको छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले थपे,‘यो विषयमा मलाई कुनै ठोस जानकारी छैन, उहाँहरुवीच के–के कुरा भयो ? मलाई थाहा छैन ।’राणाले राप्रपा र राप्रपा नेपालवीचको एकतासँगै राप्रपा अब मुलुकको सशक्त शक्ति हुने समेत दाबी गरे । उनले आउने चुनावसम्म राप्रपाले आफ्नो वर्चस्व कायम गर्ने जिकिर गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ