चलचित्र ‘समर्पण’को फष्टलुक र गीत सार्वजनिक

प्रकाशित मिति : २०७३ मङ्सिर १३ सोमबार , २,७५७ पटक हेरिएको
काठमाडौं । फायर इन्टरप्राइजेजको व्यानरमा रोजन रखालले निर्माण गरेको फिल्म ‘समर्पण’को फष्टलुक र गीत सार्वजनिक भएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले फिल्मको फष्टलुक सार्वजनिक गरेका हुन् । 
 
कार्यक्रममा बरिष्ठ कलाकार मोहन निरौलाले पछिल्लो समय ‘छक्का पञ्जा’ लगायतका फिल्महरुको राम्रो प्रर्दशनमा आएको उर्जाले फिल्म निर्माण गर्न हौसला बढेको बताए । उनले सरकारी नियम निकाय अष्पष्ठता नभएकाले चलचित्र बिकाश बोर्डले स्पष्ठ धारणा बनाउन आग्रह गरे । अर्का बरिष्ठ कलाकार रमेश बुढाथोकीले पनि फिल्मलाई सफलताको शुभकामना ब्यक्त गर्दै फिल्मले दर्शकहरुको चासो बढाउन सकोस भने शुभेच्छा दिएका दिए । 
 
बोर्डका अध्यक्ष राईले फिल्मलाई सफलताको शुभकामना दिदै नयाँ नयाँ कथामा फिल्महरु निर्माण भैरहेकोमा बिकाश बोर्डले स्वागत योग्य ठानेको बताए । उनले बिज्ञानले दिएको सुबिधा प्रयोग गर्नु पर्नेमा जोड दिदै बिकशित भएको प्रबिधिलाई अपनाउन फिल्मकर्मीहरुलाई आग्रह गरेका थिए । राईले पछिल्लो समयमा फिल्मका नाममा सर्ट फिल्महरु बनाएर युट्युबमा राख्ने चलन बढिरहेकामा त्यसमा सेन्सर गर्ने योजनामा बोर्ड रहेको बताए । 
 
फिल्मका निर्देशक बसन्त निरौलाले आफ्नोलाई केही मान्छेहरुले भिडियो फिल्म बनाएको आरोप लगाएकोमा आपत्ति जनाउदै फिल्मले साथीभाईको बिषयको कथा उठान गरेको बताए । फिल्ममा नाम नचलेका नयाँ कलाकारहरु रहेपनि उनिहरुले राम्रो काम गरेको र फिल्मलाई बंगलादेशका बिभिन्न रमणिय स्थानमा छायाकन गरेको उल्लेख गरे । 
 
निर्माता रोजन रखालले राम्रो कथा भएकाले फिल्ममा आफुले लगानी गरेको बताए । आगामी पौष १५ गते रिलिज हुने फिल्ममा रोजन रखाल, रञ्जु शर्मा, प्रयास तामाङ, रुवी शर्मा, विश्वास लामा, अमृत शाही ठकुरी, आशा भुषाल, अनु पराजुली, बालकृष्ण बञ्जारा, दीपक थापा र कुमार श्रेष्ठको अभिनय छ । फिल्ममा रोजनलाई बंगलादेशी नागरिक इमरान सिद्धिकीले पनि निर्माणमा सघाएका छन् ।
 
विश्वास लामाको नृत्य, कुमार महर्जनको द्वन्द्व, टंक बुढाथोकीको संगीत, तारा थापा किम्भे र किरण अधिकारीको सम्पादन रहेको फिल्ममा दिव्य सुवेदीको छायांकन छ । कार्यक्रममा फिल्मको एक आइटम नम्बरको गीत सार्वजनिक गरिएको थियो ।
तस्वीरहरुः महेश्वरमान सिंह
 
नयाँ