arrow

रजनीकान्त र अक्षयकुमारको चलचित्र अहिलेसम्मकै महङ्गो, एक सिनकै ३२ करोड

logo
प्रकाशित २०७३ मंसिर १४ मंगलबार
Robot-2-2016.jpeg
मुम्बई । भारतमा अहिलेसम्मकै महङ्गो चलचित्र बन्दैछ । भारतीय ३५० करोड अर्थात् नेपाली पाँच अर्ब ५० करोडमा । रजनीकान्त र अक्षयकुमार सम्मिलित सो चलचित्र ‘रोबोट २.०’ भारतकै अहिलेसम्मकै सर्वाधिक लगानीको चलचित्र बन्दैछ । 
 
त्यसो त एकै सिनको २० करोड भारु अर्थात् नेपाली ३२ करोड रुपैयाँ खर्च भएको छ । यति धेरै लगानी गरी निर्माण गरिएको चलचित्रको व्यापार भारतमामात्र उठ्ने पक्कै छैन । निर्माताहरुको नजर विदेशमासमेत रहेको छ । 
 
निर्माण व्यवसायीहरु भने यति महङ्गो चलचित्रदेखि हैरान भएका छन् । यतिधेरै महङ्गो हुनुमा ठूला कलाकारले पनि हो । 
 
अक्षय कुमारले एउटै चलचित्रबाट ४५ करोड भारतीय रुपैयाँ लिन थालेका छन् । त्यस्तै शंकरको निर्देशन र एआर रहमानको संगीतले गर्दा पनि चलचित्र महङ्गो भएको हो । 
 
क्लाइमेक्स सिनलाईमात्र २० करोड भारतीइ रुपैयाँ राखिएको छ । त्यस्तै अक्षय कुमारको मेकअपका लागि चार करोड खर्च भएको बताइन्छ । 
 
चलचित्रको कथाअनुसार अक्षय कुमार वैज्ञानिक हुन्छन् । तर उनको गलत प्रयोगले उनी काग बन्न पुग्छन् । 
 
अहिलेसम्मका भारतीय महङ्गा चलचित्रहरू–
प्रवास अभिनित चलचित्र– बाहुबली २५० करोड भारु
ऋतिक रोशन अभिनित चलचित्र– ब्याङ ब्याङ १४० करोड भारु
शाहरुख खान अभिनित चलचित्र –रा.वन १३५ करोड भारु
अमिर खान अभिनित चलचित्र– धुम ३, १२५ करोड भारु
सलमान खान अभिनित चलचित्र –किक १२० करोड भारु 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ