arrow

मधुमास भिडियोमा अम्बर र कृतिको मोडलिङ

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
301185333.jpeg
काठमाडौं । बेलायतमा रहेर नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आएका अम्बर श्रेष्ठलाई म्युजिक भिडियोमा मोडलको रुपमा देख्न पाईने भएको छ । सामाजिक कार्यकै कारण बेलायत सरकारबाट सम्मानित भएका श्रेष्ठ गत बैशाखको भूकम्प पछि सामाजिक कार्यमा लागि नेपाल आएका हुन् । यसै क्रममा उनले ‘झम झम झरी बर्सी रहेको साउनको रात नछुटोस...’मा मोडलको रुपमा अभिनय गरेका छन् । 

डब्बु क्षत्रीको यो वर्षको चर्चामा रहेको गजल सँग्रह ‘झरी’को गजलमा अम्बरसँगै मोडल कृति पुरीले अभिनय गरेकी छिन् । हालै सम्पन्न मोडल क्वेस्ट इन्टरनेशनल नेपालबाट कृतिले मोडलिङ यात्रा सुरु गरेकी हुन् । अम्बर र आफु दुबै नवोदित भएकाले भिडियोमा मोडलिङ गर्दै रमाईलो अनुभव भएको कृतिले बताईन् ।

डब्बु क्षत्रीकै निर्देशनमा यो म्युजिक भिडियोको छायाँकन आईतबार र सोमबार पोखराका विभिन्न रमणीय स्थलमा गरियो । जुगल डँगोलको सँगीत र दीपक लिम्बुको स्वरमा रहेको यो मधमास प्रसँगमा आधारित गजल  निकै माधुर्य रहेकाले आफुले यसमा अभिनय गरेको अम्बरले बताए,‘आफ्नी नव विवाहित पत्नीलाई श्रीमानले कतीसम्म खुसी दिन सक्छन् भन्ने भावको यो गजल  भएकाले मलाई साह्रै मन प¥यो । यो भिडियोमा मोडलिङका लागि मेरा साथी निर्देशक क्षत्रीले राख्नु भएको प्रस्तावलाई मन परेकाले मैले अभिनय गरेँ ।’ नेपाली सँगीतमा अभिनय गर्दै रमाईलो अनुभव भएको पनि मोडल श्रेष्ठले बताए । 

रामशरण उप्रेतीले खिचेको यो भिडियोलाई मित्रदेब गुरुङले सम्पादन गरिरहेका छन् । म्युजिक भिडियोलाई २१ असोजमा नेपाली सञ्चार माध्यम र सामाजिक सञ्जाल यु ट्युबबाट सार्वजनिक गरिने भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ