arrow

केसीका मागबारे मन्त्रीपरिषद् बैठकमा कुरा गर्छुः थापा

logo
प्रकाशित २०७३ मंसिर १४ मंगलबार
17th-day-hunger-strike-kc-gagan.jpeg
काठमाडौं। स्वास्थ्यमन्त्री गगन थापाले अनसनरत डा. गोविन्द केसीलाई भेटि साँझ बस्ने मन्त्रीपरिषदको वैठकमा केसीको माग सम्वोधन गर्ने बारेमा प्रधानमन्त्रीसँग कुरा गर्ने बताएका छन्। अनशनस्थल शिक्षण अस्पतालमा पुगेका मन्त्री थापाले साँझ ५ वजे बस्ने मन्त्रीपरिषदको वैठकमा प्रधानमन्त्रीसँग बिशेष समय लिएर केसीको मागको बारेमा कुरा गर्ने बताएका हुन्।  
 
स्वास्थ्य शिक्षाको सुधार र त्रिवि उपकुलपति तीर्थ खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन केशवप्रसाद सिंहलाई बर्खास्त गर्नुपर्ने माग सहित केसी १७ दिनदेखि आमरण अनसनमा छन् । केही दिनदेखि सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच वार्ता पनि चलिरहेको छ । तर, त्रिवि उपकुलपति तीर्थ खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन केशवप्रसाद सिंहलाई बर्खास्त गर्नु पर्ने डा. केसीकोमागमा सहमति जुट्न सकेको छैन ।
 
केसीलाई भेट्नुअघी थापाले चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन केशवप्रसाद सिंहलाई भेटेका थिए। केसी र सिंह पुराना मित्र हुन्। केसीको आन्दोलनमा उनले शुरुवाती चरणहरुमा ऐक्यवद्धता जनाएका थिए। तर उनकै राजीनामा मागेर केसी आन्दोलनमा उत्रिएपछि सिंहले आफूले पनि राजीनामा नदिने जनाएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ