arrow

ब्राजिलका खेलाडी चढेको विमान दुर्घटना : २५ को मृत्यु पुष्टी, ६ जिवित

logo
प्रकाशित २०७३ मंसिर १४ मंगलबार
plane-miss-braz.jpeg

एनेन्सी । ब्रजिलियन फुटबलर चढेको विमान दुर्घटनामा २५ जनाको मृत्यु भएको छ । बेलायती समाचार संस्था बीबीसीले अधिकारीहरुलाई उदृत गर्दै भनेको छ, ‘विवरणहरुका अनुसार २५ जनाको मृत्यु भएको छ । ६ जना जिवित छन् ।’

विमानमा सवार मध्ये ७२ यात्रु र चालक दलका नौ सदस्य रहेका बताइएको छ । दुर्घटना अघि विमानले विद्युतीय समस्या देखाएको बताइएको छ । मडेलिन अन्तराष्ट्रिय विमास्थलका लागि उडेको सो विमानमा ब्रजिलियन फुटबल टिम साफाकोएन्सका खेलाडीहरु रहेका अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

ती खेलाडी एथ्लेटिको नेशनलविरुद्ध दक्षिण अमेरकी क्लब फुटबल अन्तर्गत दोस्रो महत्ववूर्ण प्रतियोगिताको फाइनल खेल्न कोलम्बिया गइरहेका जनाइएको छ । खेलाडी दुर्घटनामा परेपछि खेल रद्द गरिएको पनि बीबीसीले उल्लेख गरेको छ ।

उद्धारका लागि दुर्घटनास्थलमा सहायताकर्मी खटिएका छन् । विमान रातको समयमा पहाडी क्षेत्रमा खसेकाले उद्धारमा कठिनाई भएको अधिकारीहरुले जनाएका छन् । साफाकोएन्सले संक्षिप्त वक्तव्य जारी गरी भनेको छ, ‘हाम्रा एथ्लिट अधिकारी, पत्रकार र यात्रुकासाथ भगवान थिए ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ